भरुवा बन्दुकसहित दुई पक्राउ – Nepal Press

भरुवा बन्दुकसहित दुई पक्राउ

रोल्पा । रोल्पा नगरपालिका – १० धाङसीखोलाबाट २ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेको छ ।

प्रहरीले सोही धाङसीखोलाको चिउरीडाँडा बस्ने २५ वर्षीय प्रकाश बुढा र ३९ वर्षीय नर बहादुर घर्ति मगर २ थान भरुवा बन्दुक, फलामका टुक्रा, बारुद र १ थान खुकुरी सहित सोमबार दिउँसो पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रोल्पा र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *