क्लब विश्वकपको फाइनलमा पुग्यो युरोपियन च्याम्पियन बायर्न म्युनिख – Nepal Press

क्लब विश्वकपको फाइनलमा पुग्यो युरोपियन च्याम्पियन बायर्न म्युनिख

एजेन्सी । रोवर्ट लेवाण्डोस्कीको २ गोलमा अफ्रिकी च्याम्पियन अल अलीलाई पराजित गररी बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ ।

कतारमा भएको दोस्रो सेमिफाइनलमा जर्मन च्याम्पियनले पहिलो हाफ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखेको थियो । लेवाण्डोस्कीले १७ औं मिनेटमै गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।

इजिप्टको अल अलीले दोस्रो हाफमा उत्कृष्ट देखिएको थियो । उनीहरुको तीव्रता र काउन्टर एट्याकको प्रयास बायर्नका लागि चुनौति बनिसकेको थियो ।

तर लेवाण्डोस्कीले ८५ औं मिनेटमा हेडिङ गोलमार्फत बायर्नको जित निश्चित गरिदिए । जारी सिजन लेवाण्डोस्कीको यो २७ खेलमा २९ औं गोल हो ।

बायर्नले उपाधिका लागि कनकाफ च्याम्पियन मेक्सिकन क्लब टाइगर्ससँग विहीबार प्रतिस्पर्धा गर्नेछ । जसले पहिलो सेमिफाइनलमा दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलको पाल्मारिसलाई पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर