नेपाल र फ्रान्सबीच द्विपक्षीय मामिलामा मिलेर काम गर्ने सहमति – Nepal Press

नेपाल र फ्रान्सबीच द्विपक्षीय मामिलामा मिलेर काम गर्ने सहमति

काठमाडौं । नेपाल र फ्रान्सबीच भर्चुअलरुपमा दोस्रो द्विपक्षीय परामर्श बैठक सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय आयामका क्षेत्रमा सहकार्य र सम्भाव्यता अध्ययन गर्नेबारे छलफल भएको फ्रान्सेली दूतावासद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

बैठकमा कोभिड–१९ ले दुई मुलुकमा पारेको प्रभाव, वातावरणीय मुद्दामा सहकार्य गर्न ग्रीन रोडम्याप, आर्थिक पुनरुत्थान, ब्यापार एवं लगानीका क्षेत्रमा साझेदारी गर्नेबारे छलफल भएको जनाइएको छ ।

नागरिक तहमै दुई मुलुकबीच शिक्षा एवं हार्दिकतालाई विस्तार गर्नेबारे समेत छलफल भएको छ । द्विपक्षीय बाहेक सार्क, बिमस्टेक, फ्रान्सेली रणनीति, इन्डो–प्यासेफिकजस्ता क्षेत्रीय एवं बहुपक्षीय मुद्दामा समेत छलफल भएको वक्तव्यमा उल्लेख छ ।

बैठकमा नेपाली प्रतिनिधि मण्डलतर्फको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव एवं युरोप र अमेरिका मामिला हेर्ने विभाग प्रमुख निर्मलराज काफ्लेले गरेका थिए । फ्रान्सेली मण्डलको नेतृत्वको युरोप तथा विदेश मामिला मन्त्री एवं एसियाली मामिला प्रमुख बर्टान्ड लोर्थोलेरीले गरेका थिए


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर