लामो समय बसेर काम गर्दा ब्लडसुगर बढ्ने खतरा, आराम गर्न यी तीन कसरत गर्नूस – Nepal Press

लामो समय बसेर काम गर्दा ब्लडसुगर बढ्ने खतरा, आराम गर्न यी तीन कसरत गर्नूस

काठमाडौं । लामो समय एउटै पोजमा रहेर काम गर्दा विभिन्न स्वास्थ्य समस्या आउने एउटा अध्ययनले देखाएको छ । वैज्ञानिकले लामो समय बसेर काम गर्दा ब्लडसुगर (मधुमेह) बढ्ने खतरा औंल्याएका छन् ।

वैज्ञानिकले काम गर्दा गर्दा केही कसरत पनि गर्नुपर्ने सुझाएका छन् । लामो समय बसेर काम गर्दा मांशपेशीले ग्लुकोज उत्पादन गर्न नसक्ने र ब्लडसुगर बढ्ने बताइएको छ ।

यस्तो बानीले इन्सुलिनमा असर गर्ने र चनाखो हुनुपर्ने उनीहरुको सुझाव छ । हावर्ड मेडिकल स्कुलका प्रोफेसर हिचम स्कालीले लामो समयसम्म एउटै पोजिसनमा बसेर काम गर्दा माशंपेशीले ग्लुकोज उत्पादन गर्न नसक्ने बताए ।

३० देखि ४० मिनेटसम्म शरिरलाई सक्रिय तुल्याउनुपर्ने उनको सुझाव छ । उनका अनुसार दैनिक ३० मिनेटसम्म साइक्लिङ, वाक र पौडीजस्ता कसरत गर्नुपर्छ । एकछिन उभिएर कसरत गर्दा पनि हुन्छ । २० देखि ३० सेकेन्डसम्म उभिएर कसरत गर्दा पनि तरल पदार्थको प्रवाह हुने र शरिरलाई आराम मिल्ने बताइएको छ ।

यसरी मुभमेन्ट गर्दा कुम, गर्धन, हात र पीठको दर्द निको समेत उनले जनाए । हातलाई सीधा बनाएर जमिनतर्फ राख्न सकिन्छ । औंलालाई हातले पछाडि तान्न सकिन्छ । काँधलाई उठाएर कानको तर्फ ल्याउने अनि केही सेकेन्ड रोक्ने अभ्यास पनि गर्न सकिन्छ ।

लामो सास तानेर केही सेकेन्ड रोकेर पनि अभ्यास गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर