नेपालको शिक्षामा अमेरिकाले थप लगानी गर्छ : राजदूत बेरी – Nepal Press

नेपालको शिक्षामा अमेरिकाले थप लगानी गर्छ : राजदूत बेरी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिका सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनिय रहेको बताएका छन् ।

नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीसंग मन्त्रालयमा भएको भेटको क्रममा मन्त्री श्रेष्ठले नेपाल र अमेरिका बीचको वर्षौसम्मको सम्बन्ध अझै सुमधुर रहने बताए ।

विशेषगरी शिक्षा विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडिपी) दुर र प्राथमिक शिक्षाको विकासमा अमेरिकी सरकारले गरेको सहयोग महत्वपुर्ण रहेको छ– मन्त्री श्रेष्ठले भने ।

विपद्को समय होस वा कोरोना संक्रमण नियन्त्रण गर्न अमेरिकी सरकारले उपलब्ध गराएको सय वटा भेन्टीलेटर सहयोगले दुई देशको सम्बन्ध अझै सुमधुर बन्न पुगेको उनको भनाई थियो ।

मन्त्री श्रेष्ठले हालै निर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना समेत दिएका थिए । भेटका क्रममा राजदुत बेरीले अमेरिकी सरकारले बहुपक्षीय ढंगबाट सहयोग गर्ने जानकारी दिए ।

उनले भने– नेपालप्रति अमेरिकी सरकारको कुनै नीति परिवर्तन भएको छैन, सहयोगका कार्यक्रमलाई निरन्तरता दिनेछौ । उनले विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ नियन्त्रणमा थप सहयोग गर्ने बताए ।

नेपालको प्राथमिकदेखि दुर शिक्षामा गरेको लगानीमा थप सहयोग हुनसक्ने विश्वास व्यक्त गर्दै राजदुत बेरीले अमेरिकामा नयाँ सरकारले आएपनि सम्बन्ध विकास र साझेदारीमा कुनै परिवर्तन नहुने बताए ।

सो क्रममा शिक्षा सचिव गोपीनाथ मैनालीले नेपालको शिक्षा अनुसन्धानमा गरेको लगानी महत्वपुर्ण रहेको बताए । उनले विद्यालय क्षेत्र सुधार परियोजना, दुर र विद्यालय शिक्षामा अमेरिकी सहयोग नियोग युएस आइडीले महत्वपुर्ण सहयोग गरेको बताए ।

सो अवसरमा सचिव मैनालीले लिंकन स्कुलको विषयमा देखिएको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताए। भने–गृह, परराष्ट्र, अर्थ र शिक्षा मन्त्रालयबीचको समन्यमा मात्र समस्या समाधान हुने स्पष्ट पार्दै त्यसको लागि शिक्षा मन्त्रालयको तर्फबाट ततथ्काल प्रकृया अघि बढाईनेछ ।

मन्त्री श्रेष्ठले लिंकल स्कुलको विषयमा चासो राख्दै सरकारी तबरबाट समस्या समाधान गर्ने बताए । अमेरिकी विकास सहयोग नियोग युएसइआइडीका निर्देशक सेपेड केभ्यानसडले विगत वर्षमा काम गर्न केही अप्ठ्यारो महसुस भएको उल्लेख गर्दै फरक परिस्थितिको कारण अहिले केही सहज हुने अपेक्षा राखे ।

उनले सन २०२० देखि २०२२ सम्म ३२ मिलेनियम डलर सहयोग भैरहेको बताए । कोभिडको लागि सहयोग गर्नेछौ । नेपालको विकासको अनुदानमा कुनै फरक पर्दैन- उनको भनाई थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर