जसले सामाजिक सञ्जालमार्फत् ठगी गरेर कमाएको पैसा गोबरमा लुकाए – Nepal Press

जसले सामाजिक सञ्जालमार्फत् ठगी गरेर कमाएको पैसा गोबरमा लुकाए

झापा  । झापा अर्जुनधारा नगरपालिका- ९ का २९ वर्षीय पंकज पौडेली विक अनलाइनबाट चिट्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै विभिन्न बैकहरुको खाता नं दिएर पैसा ठगी गर्थे ।

उनले चिट्ठा र गिफट्को लोभ देखाएर सामाजिक सञ्जालबाट ठगीको धन्दा गरेरै झण्डै ११ लाख रुपैया जम्मा गरिसकेका थिए ।

उनको पछिल्लो गतिविधि नियालीरहेको थियो प्रहरीले । विकविरुद्ध चिट्ठाको लोभ देखाएर ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी पर्यो ।

उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय विर्तामोडबाट खटिएको प्रहरी टोलीले विकलाई झापाको विर्तामोड नगरपालिका – २ चारपानेबाट सोमबार पक्राउ गर्यो ।

प्रहरीले उनको साथमा रहेको झोला र शरीर खानतलासी गर्ने क्रममा झोलाबाट तीन लाख ५६ हजार ७१० रुपैया, पंकजको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव १ थान, विनोद काफलेको सवारी चालक अनुमति पत्र १ थान, अनिल बस्नेत नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपी, सिम सहितको स्मार्ट फोन फेला पर्यो ।

साथै प्रहरीले उनले घरमा खानतलासी गर्दा विकको कोठामा रहेको दराजभित्र लुकाएर राखेको दुई लाख ८ हजार २ सय र उनको घर पछाडीको गाई ग्वाली छेउमा रहेको गोबरको थुप्रोभित्र लुकाएर राखेको ८ लाख ३० हजार ३०५ रुपैया समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राकेश थापाले बताए ।

विकलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी महाशाखा काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर