प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता परिवारको प्रदर्शन (फोटो फिचर) – Nepal Press
प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता परिवारको प्रदर्शन (फोटो फिचर)
निशान्त सिंह गुरुङ्ग २०७७ माघ २६ गते १६:०९
२०७७ माघ २६ गते १६:०९

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता योद्धा परिवारले प्रदर्शन गरेका छन्। शहीद, बेपत्ता योद्धा परिवार बागमती प्रदेशको आयोजना सोमबार काठमाडौंको बानेश्वरमा भएको सभामा उनीहरूले शहीदहरूको रगतले लेखिएको संविधानको रक्षार्थ प्रदर्शन गरिएको बताए।

प्रदर्शनमा सहभागिहरूले ‘हाम्रो बलिदान हाम्रो शान, जनताको शक्ति छ महान’, ‘असंवैधानिक कदम खारेज गर, शहीद बेपत्तालाई सम्मान गर’, ‘शहीद बेपत्ता परिवार के भन्छ, बलिदानको मूल्य ले भन्छ, ‘शहीदको रगतले पोल्नेछ, जनताले विद्रोह बोल्नेछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए।