थामिएन नेप्से बढ्ने क्रम, कारोबार रकम १० अर्बमाथि – Nepal Press

थामिएन नेप्से बढ्ने क्रम, कारोबार रकम १० अर्बमाथि

काठमाडौं । नेप्से परिसूचक बढ्ने क्रम थामिएको छैन । सोमबार पनि नेप्से परिसूमचक ३७.४८ अंकले बढेको छ । आज भएको कारोबारमा नेप्से परिसूचक २५६१.४८ विन्दुमा रोकिएको छ ।

आज भएको १ करोड ९३ लाख ३२ हजार ७२६ कित्ताको किनबेचमा १० अर्ब १७ करोड ६५ लाख ९१ हजार ३२७ रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकम हिजोको कारोबार रकमभन्दा २ करोड ६५ लाखले कमी हो ।

आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । प्रभुको ५८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यसैगरी, नविल बैंकको ३२ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३१ लाख, डिप्रोस विकास बैंकको ३१ लाखको कारोबार भएको छ ।

यसैगरी, आज सबैभन्दा बढी ग्रामीण विकास लघुवित्तको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ । यसैगरी प्रभुको ९ प्रतिशतभन्दा माथि नै शेयर मूल्य बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर