भागिरथीका परिवारलाई राहत र अपराधी पक्राउ गर्न महिला सांसदद्वारा गृहमन्त्रीको ध्यानाकर्षण – Nepal Press

भागिरथीका परिवारलाई राहत र अपराधी पक्राउ गर्न महिला सांसदद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेकपाका महिला नेताहरूले गृहमन्त्री रामवहादुर थापा ‘बादल’ लाई भेटेर बलात्कारपछि हत्या गरिएकी किशोरी भागिरथी भट्टका परिवारलाई न्याय दिन र अपराधीलाई कानूनको दायरामा ल्याउने विषयलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेल, पार्वती रावल, उदया शर्मा र विघटित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले सोमवार गृहमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । हत्यारा पत्ता लगाई कडा सजाय दिन, परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न आफूहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएको सांसद राईले बताइन् ।

महिला नेताहरूले यस्ता घटना पुनः दोहोरिन नदिन सुरक्षालाई अझ चुस्त बनाउनसमेत ध्यानाकर्षण गराएका छन् । भेटमा गृहमन्त्री थापाले अनुसन्धानमा कुनै कमी नरहने र दोषीलाई चाँडै पत्ता लगाएर कडा कारबाही गरिने आश्वासन दिएका छन् । उनले पीडित परिवारलाई अविलम्ब राहतको व्यवस्था गरिने बताएका छन् ।

यहि माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिकाकी किशोरी भागिरथी भट्टको बलात्कारपछि हत्या भएको आशंका छ । प्रहरीले अनुसन्धान तीब्र बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर