अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न समितिलाई गोल्छाको सुझाव – Nepal Press

अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न समितिलाई गोल्छाको सुझाव

काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न स्थल यातायात तथा पारवहन समितिलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सुझाव दिएका छन् ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघले स्थल यातायात तथा पारवहन समिति विस्तार गर्दै अध्यक्ष गोल्छाले सो सुझाव दिएका हुन् । उनले कार्यक्रममा बोल्दै स्थल यातायात तथा पारवहन समिति महासंघको निकै नै महत्वपूर्ण समिति रहेको बताए ।

भूपरिवेष्ठित मुलुक हुनुका नाताले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा आफ्नै प्रकारका चुनौतीहरू रहेका पनि उनले अवगत गराए । नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई अझ बढी सहज र सरल बनाउन के कस्ता सुधार आवश्यक छ त्यसमा ठोस सुझाव तयार पार्न समितिलाई आग्रह समेत गरे ।

कार्यकारिणी समिति सदस्य प्रकाश सिंह कार्कीकोे सभापतित्वमा गठित समिति विस्तार भएको छ । सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य अमृत भट्टचन र राजेश कुमार अग्रवाल तथा नेपाल फ्रेट फर्वाडर्स एशोसिएशनका द्वितीय उपाध्यक्ष नरेशकुमार अग्रवाल रहेका छन् ।

त्यसैगरी समितिका सदस्यहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य दामु अधिकारी, नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव मदन मित्तल, नेपाल गुड्स क्यारियर्स एशाेसिएसनका अध्यक्ष रितेश लामिछाने, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल र नेपाल फ्रेट फर्वाडर्स एशाेसिएसनका कार्यकारिणी समिति सदस्य सीता अधिकारी रहेका छन् ।

समितिका आमन्त्रितहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, मेची उद्योग वाणिज्य संघका दिपेन्द्रराज पाण्डे, काभ्रे उद्योग वाणिज्य संघका महासचिव बसन्त नारायण बोछिभोय, नेपाल निर्यात परिषद्का अध्यक्ष हरि बहादुर कार्की, नेपाल फ्रेट फर्वाडिङ कम्पनी प्रा.लिका प्रवन्ध निर्देशक सुशील नाहटा, अरनिको यातायात सेवा समितिका निवर्तमान अध्यक्ष श्याम लामा र दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुन्दर कार्की रहेका छन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समितिलाई सफलताको शुभकामना दिंदै समितिलाई अन्तर्राष्ट्रिय व्यापारका क्रममा आउने स्थल, सामुद्रिक र हवाई यातायातका सम्पूर्ण मुद्दाहरूमा परिणामदायी ढंगले काम गर्न सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर