चट्याङले टावर भत्काउँदा जाजरकोटमा सञ्चार सेवा बन्द – Nepal Press

चट्याङले टावर भत्काउँदा जाजरकोटमा सञ्चार सेवा बन्द

रासस । सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोट छ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ । छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।

एकैपटक जिल्लाका पाँच ठाउँमा रहेका टेलिफोन टावरमा सल्लाभीरबाट सिग्नल प्रसारण नहुँदा सञ्चार सेवा विच्छेद भएको हो । टावरमा चट्याङ परेकाले मर्मत गर्न केही समय लाग्ने टेलिकम जाजरकोटले जनाएको छ ।

सल्लाभीरमा टावर हेर्नका लागि कुनै पनि व्यवस्था नहुँदा पटकपटक समस्या आउने गरेको छ । नयाँ निर्माण गर्ने भनिएका टावर समयमै सम्पन्न नहुँदा अर्को समस्या हुँदै आएको हो ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पनि सञ्चार सेवा अवरुद्ध भएको छ । रुकुम–पश्चिमको घेत्मा रहेको टावरलाई सल्लाभीरकै टावरले सिग्नल दिने भएकाले त्यहाँ अवरुद्ध भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *