क्लब विश्वकपमा ‘कनकाफ’ क्लबको ऐतिहासिक फाइनल यात्रा


एजेन्सी । दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलको पाल्मीरासमाथि १–० गोलको अप्रत्यासित जित निकाल्दै मेक्सिकोको टाइगर्स क्लब फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ ।
क्लब विश्वकपको फाइनलमा मेक्सिकोका क्लब पुगेको यो पहिलोपल्ट हो । त्यतिमात्र होइन उत्तर, मध्य र क्यारेवियन क्षेत्रसमेतको कनकाफबाट क्लब विश्वकपको फाइनलमा पुगेको यो पहिलोपल्ट हो ।
३५ वर्षीय फ्रान्सेली स्ट्राइकर आन्द्रे पियर्रे जिग्नाकले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै टाइगर्सको जितमा निर्णायक भयो । ३५ वर्षीय जिग्नाकले प्रतियोगितामा ३ गोल गरेका छन् ।
टाइगर्सले फाइनलमा युरोपेली च्याम्पियन बायर्न म्युनिख र अफ्रिकी च्याम्पियन जिप्टको अल अलीबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनल सोमबार राती हुनेछ ।