लिभरपुललाई एनफिल्डमै हराएपछि सिटीको उपाधि यात्रामा महत्वपूर्ण फड्को – Nepal Press

लिभरपुललाई एनफिल्डमै हराएपछि सिटीको उपाधि यात्रामा महत्वपूर्ण फड्को

एजेन्सी ।म्यानचेस्टर सिटीका फिल फोडेनको शानदार प्रदर्शन र लिभरपुलका गोलरक्षक अलिसन बेकरको गम्भीर गल्तीका कारण लिभरपुलले शीर्ष स्थानको सिटीसँग आफ्नै मैदानमा ४–१ को लज्जास्पद हार ब्यहोरेको छ ।

यो जितपछि सम्भवतः सिटीले उपाधि यात्रामा एउटा महत्वपूर्ण फड्को मारेको छ । सिटीले सन् २००३ पछि पहिलोपल्ट लिभरपुलमाथि एनफिल्डमा जित हासिल गरेको हो । यसैले यो जित प्रशिक्षक पेप ग्वार्डिओलाका लागि पनि प्रतिष्ठित छ ।

पहिलो हाफमा इलकी गुण्डोगानले पेनाल्टी सदुपयोग गर्न नसके पनि सिटीले दोस्रो हाफमा उच्च लय भेट्टायो ।

पहिलो हाफमा रहिम स्टर्लिङले फाबिन्होलाई फल गरेपछि पाएको पेनाल्टी गुण्डोगानले गोल गर्न असफल भएका थिए । तर दोस्रो हाफको चौथो मिनेटमा उनैले सिटीलाई अग्रता दिलाए । फोडेनको प्रहार लिभरपुलका गोलरक्षक अलिसनले राम्ररी पन्च नगर्दा सिधै गुण्डोगानको खुट्टामा पुगेको थियो ।

६३ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । रुवेन डियासले सलाहलाई बक्सभित्र लडाएपछि पेनाल्टी मिलेको थियो ।

तर त्यसपछिको ३० मिनेटको समय लिभरपुलका लागि बिर्सनलायक रह्यो । उसले एकपछि अर्को गोल खाइरह्यो, च्याम्पियन्स लिग विजेता गोलरक्षक अलिसनले एकपटि अर्को गल्ती गरिरहे ।

७३ औं मिनेटमा दुईपल्टसम्म अलिसनले राम्ररी बल क्लियर गर्न नसक्दा गुण्डोगान व्यक्तिगत दोस्रो र टिमलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि अलिसनले अकास्मात बल बर्नाण्डो शिल्भालाई दिए । उनले चलाखीपूर्ण तरिकाले क्रस गर्न खोजेको थिए बीचैमा स्टर्लिङले बल भेट्टाए र गोललाइनबाट सहज गोल गरे ।

८३ औं मिनेटमा फावियो फेडेनले गोल गरेका हुन् । यो जितसँगै सिटीले २२ खेलबाट ५० अंक पुर्‍याएको छ । १ खेल बढी खेलेको म्यानचेस्टर युनाइटेडको ५ अंक कम छ । लिभरपुल भने शीर्ष स्थानको सिटीसँग १० अंकले पछाडि छ र चौथो स्थानमा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *