राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब पराजित – Nepal Press

राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब पराजित

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिग फुटबलमा पराजित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा पुलिस स्याङ्जाको वालिङ नगरपालिकासँग १–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा चन्द्रपुरले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । ७०औं मिनेटमा रजनी थोकरले गरेको गोल निर्णायक बन्दा चन्द्रपुरले जारी लिगमा दोस्रो जित दर्ता गरेको हो ।

पहिलो चरणको खेलमा ५–० ले नतिजा सुम्पिएको चन्द्रपुरले जितसँगै बदला पनि लिएको छ । दोस्रो जित निकालेको चन्द्रपुरको ७ खेलबाट ६ अंक भएको छ ।

चन्द्रपुर तालिकाको छैटौं स्थानमा रहँदा समान खेलबाट १० अंक जोडेको विराटनगर तालिकाको तेस्रो स्थानमा छ । लिग अन्तर्गत आजको दोस्रो खेलमा रुथो मेथुले ५८औं मिनेटमा गरेको गोल निर्णायक बन्दा पुलिस वालिङसँग स्तब्ध भएको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस सुरुवातबाट दबाब दिँदै खेले पनि जित निकाल्न असफल रहयो । जितसँगै वालिङले जारी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

वालिङले ७ खेलमा ११ अंक जोडेको छ । पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ । पुलिसको यो लगातार दोस्रो र प्रतियोगिताको तेस्रो हार हो । यस अघिको खेलमा पुलिस विराटनगरसँग पनि पराजित भएको थियो ।

यस अघि सम्पन्न पहिलो चरणको खेलमा पुलिस वालिङ सँग १–१ को बराबरी खेलेको थियो । लिगमा सोमबार एक खेल मात्र हुनेछ । अपराजित टोली एपिएफले तालिकामा अंक जोड्न नसेकेको चौदण्डीगढीसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *