नेकपाको आधिकारिकता विवाद हेर्ने जिम्मा नयाँ आयुक्त भण्डारीलाई – Nepal Press

नेकपाको आधिकारिकता विवाद हेर्ने जिम्मा नयाँ आयुक्त भण्डारीलाई

काठमाडौं । सत्तारुढ नेकपा विभाजनको कानुनी विवाद हेर्ने जिम्मेवारी निर्वाचन आयोगका नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् । उनी बरिष्ठ अधिवक्ता समेत रहेकाले कानुनी पाटो केलाएर विवाद निरुपण गर्ने जिम्मेवारी आयोगले दिएको हो ।

भण्डारीले माघ २१ गते पद तथा गोपनियताको सपथग्रहण गरेका थिए । त्यसको पर्सिपल्ट बसेको आयोगको बैठकले भण्डारीलाई नेकपा विवाद हेर्ने जिम्मा दिएको आयोग स्रोतले जनाएको छ ।

आयुक्त भण्डारीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले दलको आधिकारिकता माग गर्दै पेश गरेको निवेदन अध्ययन गरेर आफ्नो काम थालेका छन् ।

आयोगले पूर्णता पाएपछि विज्ञता अनुसारका जिम्मेवारी बाँडफाँट गर्ने क्रममा भण्डारीले नेकपा विवादको कानुनी पक्ष हेरेका हुन् । तर यसको निर्णय भने आयोगको बैठकले गर्नेछ ।

रामेछाप घर भएका भण्डारी लामो समय वकालत गरेका व्यक्ति हुन् । उनी प्रत्यक्ष रुपमा कानुन व्यवसायी भएका बेला पनि राजनीतिक दलमा आबद्ध थिएनन् । उनी कुनै बेला राप्रपा अध्यक्ष पशुपति शमसेर जबराको कानुनी सल्लाहकार थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर