बैतडी घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन अनेमसंघको माग – Nepal Press

बैतडी घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन अनेमसंघको माग

काठमाडौं । बैतडीकाे दोगडाकेदार ७ का १७ वर्षका किशोरी भागरथी भट्टको गत बिहिबार बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको घटनाप्रति नेकपा ओली पक्षीय अखिल नेपाल महिला संघ (अनेमसंघ)काे गम्भीर ध्यानाकर्षण भएको छ ।

अनेमसंघले आज एक विज्ञप्ती जारी गर्दै घटनाको छानविन गरि संग्लनलाई यथासिघ्र कानुनी कारवाहीका लागि जोड्दार माग गरेको छ ।

‘यस्तो गम्भिर तथा जघन्य अपराधको घटनाको निश्पक्ष छानविन गरी दोषी पत्ता लगाई कानुन अनुसार कारवाही गर्न अनेमसंघ जोडदार माग गर्दछ ।’ संघका संयोजक सिता पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यस्ता घटनाले अविभावक सधैँ त्रसित रहनुपर्ने बाध्यात्मक परिस्थिति र समस्याको दिगो समाधान खोज्न आवश्यक रहेको संघको जोड छ ।

‘शान्ति सुरक्षाको अभावमा हुने यस्ता गम्भिर अपराधको घटनाले सबैको बाँच्न पाउने, सुरक्षित हुन पाउने अधिकार र विद्यार्थी बालबालिका र किशोर किशोरीको अधिकार कुण्ठित बन्न पुगेको छ । जसले गर्दा किशोरी र बालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्ने गरेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तिमा नेपालका बालबालिका भोलिका देश निर्माणका सम्भाहक भएको र उनीहरुको बाँच्न पाउने अधिकारको संरक्षण सरोकारवाला सबै पक्षले गर्नुपर्ने उल्लेख छ । साथै सरकारले गरेको प्रतिवद्धतालाई कार्यान्वयन गर्दै हरेक बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न समेत नेपाल सरकारसंग संघले माग गरेको छ ।

सनातन धर्म माध्यामिक विद्यालय खोंच लेकमा कक्षा १२ मा अध्ययनरत भागरथी विद्यालयबाट घर फर्किर्दै गर्दा बिच बाटोमै हराएकी थिइन् । अघिल्लो दिन विद्यालयबाट घर फर्किएका किशोरी अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा घर भन्दा झण्डै साढे एक किलोमिटर टाढा पर्ने लवलेक सामुदायिक बनको बनमाराको झाडीमा उनको शव फेला परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर