प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै – Nepal Press

प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै

नेपाल प्रेस २०७७ माघ २५ गते १७:२७
२०७७ माघ २५ गते १७:२७

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-माधव पक्षनिकट अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ ।

दिउँसो २ बजे सिंहदरबार दक्षिण गेटनजिकै हनुमानस्थानमा भेला भएका विद्यार्थीहरू सिंहदरबारतर्फ बढेका छन् ।

हनुमानस्थानबाट जुलुससहित विद्यार्थीहरू निस्केपछि त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आन्दोलनको कार्यक्रमअन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर प्रधानमन्त्रीसमक्ष विरोधपत्र बुझाउने सो संगठनले तय गरेको थियो ।