दिगो विकासको लक्ष्य भेटाउन तीनै सरकारको संयुक्त प्रयास हुनुपर्छ: योजना आयोग – Nepal Press

दिगो विकासको लक्ष्य भेटाउन तीनै सरकारको संयुक्त प्रयास हुनुपर्छ: योजना आयोग

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि तिनै सरकारको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् ।

आइतबार दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन २०१६–२०१९ र दिगो विकास लक्ष्य :स्थानीयकरण स्रोत पुस्तिका २०२० सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. कँडेलले दिगो विकास लक्ष्य प्राप्तिको लागि संघ, प्रदेश र स्थानीय तिनै सरकारको संयुक्त प्रयास रहनुपर्ने बताएका हुन् ।

विशेषगरी स्थानीय सरकारलाई दिगो विकास लक्ष्य प्राप्तिको लागि प्रतिबद्धता साथ कार्यान्वयन गराउन नसके लक्ष्य प्राप्त हुन गाह्रो हुने उनले बताए ।

उपाध्यक्ष कँडेलले नेपालको सामाजिक सूचक माथि गइसकेकोले देशलाई अल्पविकसित देशबाट विकासशील देश तर्फ जानुपर्ने आवश्यकता रहेको बताए ।

त्यसनिम्ति प्रतिस्पर्धी क्षमतालाई विकास गर्नुपर्ने उनको भनाई छ । त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य बिमला राई पौडेलले दिगो विकास लक्ष्य प्राप्तिको लागि सबै क्षेत्रसँग साझेदारी र समन्वयको बातावरण बनाउनुपर्ने बताए ।

आयोगका सचिव केवल प्रसाद भण्डारीले दिगो विकासको प्रगति अध्ययन गर्दा रोजगारी पाउने तथा आयआर्जन हुने क्षेत्रमा प्रगति हासिल गर्न नसकिएको बताए ।

उनले उद्योग क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा योगदान घटेको तथा प्रजनन उमेरका महिलाहरुमा रक्तअल्पताको स्थिति र पाँच वर्ष मुनिका बालबालिकाहरुको रक्तअल्पताको स्थिति लक्ष्य अनुसारको प्रगति हासिल हुन नसकेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर