नेकपा विभाजनको असर राष्ट्रसेवकसम्म, ओली पक्षले गर्‍यो पेशागत महासंघ पुनर्गठन (सूचीसहित) – Nepal Press

नेकपा विभाजनको असर राष्ट्रसेवकसम्म, ओली पक्षले गर्‍यो पेशागत महासंघ पुनर्गठन (सूचीसहित)

अर्थमन्त्रीले भने- कर्मचारीलाई मिल्ने र सक्ने जति सेवा सुविधा थप्छौं

काठमाडौं । नेकपा विभाजनको असर राष्ट्रसेवक कर्मचारी र पेशागत संगठनहरुमा पनि फैलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपाको पेशागत महासंघ नेपालको राष्ट्रिय भेलाले विश्वनाथ प्याकुरेललाई अध्यक्षबाट हटाई बाबुराम थापालाई संयोजकको जिम्मेवारी दिएको छ ।

शिक्षक संगठनका पूर्व अध्यक्ष थापा संयोजक र निजामति कर्मचारीतर्फका दयाराम बस्याल सहसंयोजक रहने गरि २८५ सदस्यीय पेशागत महासंघ नेपाल केन्द्रीय समिति पुनर्गठन गरेको छ ।

शनिवार काठमाडौंमा सम्पन्न भेलाले ६१ सदस्यीय स्थायी समिति पनि चयन गरेको छ । भेलामा ७७ जिल्लाका करीव २२ सय राष्ट्रसेवक कर्मचारी र पेशाकर्मीहरुको उपस्थिति रहेको निजामति कर्मचारी संगठनका राष्ट्रिय अध्यक्ष केदार देवकोटाले बताए ।

पेशागत महासंघ नेपालमा विभिन्न २७ वटा राष्ट्रिय घटकहरु सदस्य छन् । ती घटकका अध्यक्ष स्थायी कमिटीका पदेन सदस्य रहने देवकोटाले जानकारी दिए । भेलामा ७५ प्रतिशत घटक संगठनका मुख्य नेतृत्व सहभागी रहेको उनले बताए ।

भेलालाई सम्बोधन गर्दै नेकपा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलले राष्ट्रसेवक पेशाकर्मीहरुलाई दिन मिल्ने र दिन सकिने जति सबै सेवाा सुविधाहरु उपलब्ध गराइने आश्वासन दिएका थिए ।

भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना र खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले समेत सम्बोधन गरेका थिए ।

पेशागत महासंघका पुनगर्ठित नेतृत्व यस्तो छ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर