ओलीपक्षीय युवा संघको बैठक : दिपशिखालाई संयोजकबाट निष्कासनको घोषणा – Nepal Press

ओलीपक्षीय युवा संघको बैठक : दिपशिखालाई संयोजकबाट निष्कासनको घोषणा

काठमाडौं । केपी ओली पक्षले नेकपा भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको संयोजकबाट रामप्रसाद सापकोटा (दिपशिखा)लाई निश्कासनको घोषणा गरेको छ ।

ललितपुरको च्यासस्थित तुलसीलाल स्मृति भवनमा शुरू भएको युवा संघको केन्द्रीय समिति बैठकमा सहसंयोजक रमेश पाैडेलले संयोजक सापकोटालाई निष्कासनका प्रस्ताव राखेका हुन् ।

पौडेलले आफूले बैठकको अध्यक्षता गर्नुअघि संयोजक सापकोटालाई कम्युनिष्ट आन्दोलनको विरुद्ध र समृद्ध नेपाल सुखी नेपाली अभियानको विरुद्धमा गतिबिधि गरेकाले निष्कासनको प्रस्ताव गरेपछि बैठकले अनुमोदन गरेको हो ।

युवा संघ इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकले सापकोटालाई निष्कासन गरेपछि पौडेलको अध्यक्षमा बैठक शुरु भएको छ । बैठकलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताहरुले सम्बोधन गर्ने केन्द्रीय सदस्य प्रभातविक्रम कटुवालले बताए ।

यहि बैठकले युवा संघको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । अध्यक्षका लागि रमेश पौडेल,किरण पौडेल र वचनवहादुर सिंहले दावी गरेका छन् भने महासचिवमा क्षितिज थेबे र रमेशआर्चायको दाबी छ ।

त्यस्तै अन्य पदाधिकारीमा अमित लामा,अन्जना अधिकारी, प्रभातविक्रम कटुवाल, उर्मिला सुनुवार,रोशन बस्नेत लगायतको नाम चर्चामा छ ।

तीनजना बीच सहमति नभए प्रभातविक्रम कटवाल अध्यक्षको अर्को दाबेदार देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर