वडा सदस्यले श्रीमती स्वीकार गरेको भोलिपल्टै मृत भेटिइन् अञ्जिता – Nepal Press

वडा सदस्यले श्रीमती स्वीकार गरेको भोलिपल्टै मृत भेटिइन् अञ्जिता

कैलाली । कैलालीको गौरीगंगाा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य निरज चौधरीको घरमा उनकी २२ वर्षीया प्रेमिका अञ्जिता चौधरी मृत अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिवार परिवारले वडा सदस्यको घरमा अञ्जितालाई छाडेर फर्केका थिए । आइतवार बिहान उनी झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका निरज र अञ्जिताबीच विहे नहुँदै निरजले अर्की महिलालाई घरमा भित्र्याएपछि परिवारले उनलाई निरजको घरमा जिम्मा लगाएका थिए ।

दुवै पक्षबीच छलफलपछि अञ्जितालाई पत्नी बनाएर राख्न स्वीकार गरेका निरज सो घटनापछि फरार छन् । अर्की महिलासँग झगडा परेको भनेर माइतीमा खबर गरेकी अञ्जिता विहान मृत फेला परेपछि परिवारले किटानी जाहेरी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर