लीलामणि पौडेलको आग्रह- भागिरथी हत्यालाई कुनै मिडिया र एनजीओको अफवाहमा नलैजाउँ – Nepal Press

लीलामणि पौडेलको आग्रह- भागिरथी हत्यालाई कुनै मिडिया र एनजीओको अफवाहमा नलैजाउँ

काठमाडौं । नागरिक अभियन्ताका रुपमा क्रियाशील पूर्व मुख्य सचिव लीलामणि पौडेलले बैतडीकी किशोरी भागिरथी भट्टको बलात्कारपछि हत्याको घटनालाई निर्मला पन्त प्रकरण जस्तै गलत दिशातर्फ धकेलिन नदिन खबरदारी आवश्यक रहेको बताएका छन् ।

पौडेलले नेपाल प्रहरीले निर्मला पन्तको अनुसन्धानको कमजोरीबाट सिकेर अपराधी छिटो पत्ता लगाई हदैसम्मको सजाय दिलाउने विश्वास व्यक्त गरेका छन् । उनले छिटो अनुसन्धानका लागि निरन्तर खबरदारी गर्न आवश्यक रहे पनि मिडिया र एनजिओको अफवाहमा नलाग्न समेत अपिल गरेका छन् ।

पौडेलले सामाजिक संजालमार्फत भनेका छन्, ‘अनुसन्धानलाई गलत दिशातर्फ धकेल्ने कुनै मिडिया र गैरसरकारी संस्थाका अफवाहको विस्तारमा नलागौं । छिटो अनुसन्धानका लागि निरन्तर खबरदारी गर्न भने छाड्नुहुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर