भारानेको २ गोलमा रियलको पुनरागमन जित – Nepal Press

भारानेको २ गोलमा रियलको पुनरागमन जित

एजेन्सी । डिफेण्डर रफायल भारानेले २ गोल गरेपछि रियल मड्रिडले अंकतालिकाको पुछारमा रहेको हुएस्कामाथि २–१ गोलको पुनरागमन जित निकालेको छ ।

यो जितले प्रशिक्षक जिनेदिन जिदानमाथिको दवाव कम गरेको छ । जसले खेलअघिको पत्रकार सम्मेलनमा आफूहरु उपाधि दौडबाट बाहिर नभएको दावी गरेका थिए ।

घरेलु मैदानमा हुएस्काले पहिलो हाफ गोलरहित खेलेको थियो । तर दोस्रो हाफको सुरुमै गालन गिलको शानदार गोलमार्फत हुएस्काको अप्रत्यासित अग्रता बन्यो ।

तर केहि मिनेटपछि नै रफायल भारानेले साविक विजेता रियलका लागि बराबरी गोल फर्काए । फ्रान्सेली डिफेण्डर भारानेले नै ८४ औं मिनेटमा गोल गरेपछि रियलले सन्तुष्टिको स्वास फेरेको हो ।

रियल ला लिगाको दोस्रो स्थानमा छ । तर आफूभन्दा २ खेल कम खेलेको शहरी प्रतिस्पर्धी एट्लेटिको मड्रिडभन्दा ७ अंकले पछाडि छ । अंकतालिकाको पुछारमा रहेको हुएस्कालाई रेलिगेसन जोनबाट बाहिर निस्कन कम्तिमा ५ अंक आवश्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर