शेयर बजारमा छलाङ, कारोबार रकम १० अर्ब नाघ्यो   – Nepal Press

शेयर बजारमा छलाङ, कारोबार रकम १० अर्ब नाघ्यो  

काठमाण्डौं । बजार खुलेको पहिलो दिन शेयरले नयाँ रेकड बनाएको छ । आज भएको कारोबारमा नेप्से परिसूचक ४८.७४ अंकले बढेको छ ।

आज भएको कारोबारमा शेयर २,५२४ विन्दुमा पुगेको छ । यसैगरी, आज पहिलो पटक नेप्से कारोबार १० अर्ब नाघेको छ ।

आज भएको १ करोड ७७ लाख ३६ हजार ७४३ कित्ताको किनबेचमा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँको कारोबार भएको छ ।
आज तीन दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज भएको कारोबारमा हिमालय डिष्टिलरीको सार्वाधिक कारोबार भएको छ ।

हिमालयको ५३ करोडको कारोबार भएको छ । यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर