कांग्रेसका शुभेच्छुक संस्थाहरुले देशभर प्रदर्शन गर्दै – Nepal Press

कांग्रेसका शुभेच्छुक संस्थाहरुले देशभर प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले आज संसद् विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने भएका छन् । मातृ पार्टीको निर्देशनमा कांग्रेसको १८ शुभेच्छुक संस्थाहरु ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।

कांग्रेसका शुभेच्छुक संस्थाहरुले काठमाडौंको टुडिखेल वरपर र बाँकी रहेका ७६ जिल्लामा तोकिएको स्थानमा मौन रुपमा मर्यादित ढंगले सांकेतिक विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

भ्रातृ संस्थाका केन्द्रीय कार्यसमितिहरुले विरोध प्रदर्शनमा आउँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न मातहतलाई निर्देशन दिएका छन् । माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर