पोखरामा गोली चल्यो, १ घाइते – Nepal Press

पोखरामा गोली चल्यो, १ घाइते

कास्की । पोखरामा शुक्रबार साँझ गोली चल्दा एकजना गम्भीर घाइते भएका छन् । पोखरा-१४ महतगौंडामा अपरिचित व्यक्तिकाे गोली प्रहारबाट होमबहादुर विक घाइते भएका हुन् ।

पर्वत स्थायी घर बताउने विक बिजुली सम्बन्धी काम गर्दथे । घटनास्थललाई अहिले सिल गरी सुरक्षा कडा गरिएको छ ।

‘घटनाको विस्तृत विवरण आउन बाँकी छ । विक आफैं मोटरसाइकल चलाएर हामीकहाँ आइपुगेका थिए । हामी अनुसन्धानकै क्रममा छौं,’ जिल्ला प्रहरी कार्यालय, कास्की प्रवक्ता डीएसपी सुवास हमालले भने ।

गोली लागी घाइते भएका विकको अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *