बुण्डेसलिगामा शीर्ष स्थानको बायर्नलाई १० अंकको अग्रता – Nepal Press

बुण्डेसलिगामा शीर्ष स्थानको बायर्नलाई १० अंकको अग्रता

एजेन्सी । जर्मन बुण्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले हेर्था बर्लिनमाथि १–० को कठिन अवे जितका साग १० अंकको स्पष्ट अग्रता लिएको छ ।

बार्यनले बर्लिनलाई पूर्णतः दवावमा राख्न सकेको भने थिएन । बायर्नको प्रदर्शन उत्कृष्ट थिएन । खेलको सुरुआतमै पाएको एउटा पेनाल्टीमा रोवर्ट लेबाण्डोस्की गोल गर्न असफल भएका थिए ।

२१ औं मिनेटमा किंग्स्ले कोम्यानले गरेको गोल नै निर्णायक बन्यो । उनले लामो दूरीबाट गरेको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

जर्मन च्याम्पियनले त्यसपछि अर्को गोल गर्न सकेन । बरु उल्टै दवावमा परेको थियो । दोस्रो हाफमा बर्लिनका मेथ्युज चुन्हाले गोलरक्षकलाई छक्याएर पनि पोष्टभित्र प्रहार गर्न सकेनन् ।

हेर्था बर्लिन रेलिगेसन क्षेत्रबाट एक स्थान माथि अर्थात १५ औं स्थानमा छ, त्यो पनि गोलअन्तरका आधारमा । उसको २० खेलबाट १७ अंक छ । एक खेल कम खेलेको १६ औं स्थानको अर्मिनियाको पनि समान अंक छ ।

यता बायर्नको भने २० खेलबाट ४८ अंक पुगेको छ । दोस्रो स्थानको आरबी लाइपजिगभन्दा १० अंकले अगाडि छ । तर लाइपजिगले एक खेल कम खेलेको छ ।

बार्यनले सोमबार क्लब विश्वकप अन्तर्गत सेमिफाइनलमा अफ्रिकी च्याम्पियन अल अलीप्रग कतारमा खेल्दैछ । च्याम्पियन्स लिग विजेता बार्यनलाई कतारमा ९ महिनाको अन्तरमा छैटौं ट्रफी जित्ने अवसर हुन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *