लुम्बिनी प्रदेशस्तरीय जोलोजिकल सेमिनार बुटवलमा शुरु – Nepal Press

लुम्बिनी प्रदेशस्तरीय जोलोजिकल सेमिनार बुटवलमा शुरु

रुपन्देही । लुम्बिनी प्रदेशस्तरीय जोलोजिकल सेमिनार बुटवलमा शुरु भएको छ । नेपाल जोलिजिकल सोसाइटीको आयोजनामा हुन लागेको सेमिनारमा ४ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

सोसाईटीका अध्यक्ष प्रा.डा.महेन्द्र महर्जनले सेमिनारमा उभयचर वर्गका जनावरको अवस्था, सर्पको अनुन्धान र समस्या, माछाको अध्ययन र कोरानो प्रभाव र यसको उत्पत्ति सम्बन्धी कार्यपत्र प्रस्तुत हुने जानकारी दिए । पर्यावरण, पर्यापर्यटन, वातावरण संरक्षणजस्ता क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने उद्देश्यले आयोजना गरिएको उनको भनाइ छ ।

एक कोषिय प्राणीदेखि बहुकोषिय विकसित चेतनशील प्राणीको अध्ययन अनुसन्धानका लागि सेमिनारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महर्जनको भनाइ छ ।

नेपाल जैविक विविधताको देश भए पनि निकै कम मात्रामा अध्ययन र अनुसन्धान भएको भन्दै अध्ययन र अनुसन्धानका लागि पनि सेमिनार प्रभावकारी हुने आयोजकको भनाइ छ ।

लुम्बिनी प्रदेशस्तरको सेमिनारबाट प्रदेशको जैविक विविधताको अवस्थाबारे प्रष्ट हुने आयोजकको अपेक्षा छ । लुम्बिनी प्रदेशका १ सय भन्दा बढी प्राणी शास्त्रीको सेमिनारमा सहभागिता छ ।

लुम्बिनी प्रदेशमा पाइने सारस क्रेन, बर्दियामा रहेको पाटे बाघ, हरिण, मृग, निलगाई, विभिन्न प्रकारका किरा, फट्याङग्रा, मौरीपालन, छपियाको माछा गाउँ, जगदीशपुर तालीभित्रको सेमिनार क्षेत्र, अर्घाखाँचीको घेरालेख, घोर्लासी क्षेत्रमा पाइने गिद्धको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य रहेको जोलोजिकल शिक्षक बावुराम बञ्जाडेले जानकारी दिए ।

यसैविच सेमिनारको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले विज्ञान र प्रविधिको विकास विना समाजवादको कल्पना नसकिने बताएका छन् ।
वास्तविक समाजवादका लागि वैज्ञानिक आधार आवश्यक रहेको भन्दै उनले लुम्बिनी प्रदेशले तयार गर्ने नीति तथा कार्यक्रममा विज्ञान र प्रविधिलाई ध्यानमा राखेर गर्ने गरेको पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर