ओली समूहको जनसभा : भीडभित्रका अनुहार (फोटोफिचर) – Nepal Press
ओली समूहको जनसभा : भीडभित्रका अनुहार (फोटोफिचर)
विजय गजमेर २०७७ माघ २३ गते १९:०२
२०७७ माघ २३ गते १९:०२

विभाजित नेकपाका दुई समूह शक्ति प्रदर्शनको प्रतिस्पर्धामा छन् ।आज पालो थियो, ओली समूहको जो अहिले सत्ताको नेतृत्वमा समेत छ । ओली समूहले नारायणहिटी अगाडि आयोजना गरेको जनसभालाई लिएर व्यापक जनचासो थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रदर्शनलाई आफ्नो प्रतिष्ठाकै विषय बनाएका थिए । अर्कोतर्फ सत्तारुढ दलले पूर्वराजाको निवास नारायणहिटी राजदरबार अगाडिको सडकलाई कार्यक्रम स्थलका रुपमा रोजर अर्को कौतूहल सिर्जना गरिदिएकाे थियो ।

मौसमले चुनौती देला जस्तो देखिए पनि कार्यक्रममा कुनै व्यवधान उत्पन्न भएन । भेलामा सहभागी हुन उपत्यकासहित विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं आएका थिए ।

राजधानीका दर्जनौं स्थानबाट जुलुसहरु निस्किए । जुलुसमा सहभागीले विविध जात, धर्म र क्षेत्रको प्रतिनिधित्व गर्ने भेषभुषा लगाएका थिए । ओलीले आज के बोल्छन् भन्ने उत्सुकता धेरैमा देखिन्थ्यो ।
जनसभामा नेताले गरेको भाषण र भीडका दृष्यहरु त तपाईंहरुले हेरिसक्नुभयो । यस संग्रहमा चाहिं हामीले सहभागीहरुमध्ये फरक जात, धर्म र क्षेत्रको प्रतिनिधित्व गर्ने अनुहार प्रस्तुत गरेका छौं ।