अभिलाषा र सोन्जा पहिलो – Nepal Press

अभिलाषा र सोन्जा पहिलो

काठमाडौं । नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वर्ल्ड टेनिस टुर- जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्समा शुक्रबार पहिलो भएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा अभिलाषा र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्बेर्चको जोडीलाई ६-० र ७-५ को सोझो सेटमा पराजित गरे । अभिलाषा जारी प्रतियोगिताको महिलातर्फ शीर्ष वरीयता प्राप्त खेलाडी हुन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्स फाइनलमा भने नेपाली जोडी चुके । भारतीय जोडी आर्यन लक्ष्मनन् र आर्यन शाहले नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीलाई २-६, ६-२ र १०-६ को सेटमा हराए ।

पुरुष सिंगल्समा भारतका अमन दहिया र स्पेनका टोमस क्युसेडा पेरेज फाइनलमा पुगे । अमनले फ्रान्सका भेलेन्टिन फाउरेलाई ६-१ र ६-१ तथा टोमसले भारतका अग्रिया यादवलाई ६-४ र ६-२ ले पाखा लगाए ।

महिला सिंगल्समा बेल्जियमका मार्ते लाम्ब्रेज र रोमाने लन्ग्युभिल्लेले उपाधि भिडन्त पक्का गरे । मार्तेले अमेरिकाकी साइना देशपाण्डेलाई २-६, ६-१ र ६-३ तथा रोमानेले अमेरिकाकै रुतुजा छप्हल्करलाई ७-५ र ६-४ को सेटमा पन्छाए । सिंगल्स फाइनल शनिबार हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *