‘ओलीले राजतन्त्र फर्काएको घोषणा गर्छ रे ’ – Nepal Press

‘ओलीले राजतन्त्र फर्काएको घोषणा गर्छ रे ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले समाप्त पार्न नसक्ने बताएका छन् ।

आफूले आधा शताब्दी राजतन्त्र विरुद्ध लडेको भन्दै उनले आफूबाट राजतन्त्र पुनस्र्थापना असम्भव भएको उनको भनाइ थियो ।

ओलीले भने, ‘आज बिहानसम्म पनि भन्दै थिए, ओलीले राजतन्त्र फर्काएको घोषणा गर्छ रे । लोकतन्त्रका लागि आधा दशकभन्दा बढि समय प्रजतन्त्रका लागि जुन केपी ओली लड्यो, उसैले राजतन्त्र फर्केको घोषणा गर्छ रे । यो संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले समाप्त पार्न सक्दैन । कार्यान्वयन गरेर अगाडि जान्छ । यो प्रणालीले विकासमा वाधा दिएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर