शपथग्रहण रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश – Nepal Press

शपथग्रहण रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । संवैधानिक अंगका पदाधिकाहरुको नियुक्ति र शपथग्रहण रोक्न माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

रिटमा राष्ट्रपति,प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतलाई विपक्षी बनाइएको छ । पदाधिकारीले भने नियुक्ति र शपथग्रहण गरेर कार्यभार सम्हालिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर