ओलीको आमसभा ‘हाइटेक’ मञ्च, दरबारमार्ग सफाई गरिँदै – Nepal Press

ओलीको आमसभा ‘हाइटेक’ मञ्च, दरबारमार्ग सफाई गरिँदै

नेपाल प्रेस २०७७ माघ २३ गते १०:५७
२०७७ माघ २३ गते १०:५७

काठमाडौं । विभाजित नेकपाको ओली पक्षले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गर्दैछ । बागमती प्रदेश कमिटीको आयोजनामा हुने आमसभा दरबारमार्गमा १२ बजेदेखि सुरु हुनेछ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित तीन जनाले सम्वोधन गर्ने आमसभाका लागि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको प्रवेशद्वारमा ‘हाइटेक’म मन्च तयार पारिएको छ ।

नारायणहिटी संग्रहालयको गेटमा बनाइएको हाइटेक मन्चबाट दक्षिण महेन्द्र शालिक, पूर्व नागपोखरी र पश्चिम ठमेलतर्फसमेत मान्छे बसेर हेर्न मिल्ने गरी ‘टी’ आकारको बनाइएको छ ।

प्रधानमन्त्रीलगायत मन्चमा रहेका नेताहरुलाई हेर्न र भाषण सुन्न पाँच ठाउँमा डिजिटल स्क्रिनको व्यवस्था मिलाइएको छ ।

महेन्द्र शालिक छेउमा, जयनेपाल हलनजिकै, ठमेलनजिकै र यति समूहको भवनमा डिजिटल स्क्रिन राखिनेछ ।