एमसीसीबारे प्रचण्डको प्रष्टीकरण- पार्टीले निर्णय गरेको छैन, दशथरी नारा नलगाउँ भनेको हो – Nepal Press

एमसीसीबारे प्रचण्डको प्रष्टीकरण- पार्टीले निर्णय गरेको छैन, दशथरी नारा नलगाउँ भनेको हो

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीले एमसीसीको बारेमा निर्णय गरि नसकेको हुनाले आफूले विहीबारको आम हड्तालका क्रममा सो नारा लगाउनबाट रोकेको प्रष्टिकरण दिएका छन् ।

शुक्रवार आयोजित पत्रकार भेटमा प्रचण्डले संवैधानिक अंगका पदाधिकारी नियुक्तिको विरोधमा गरिएको आन्दालनमा अरु नारा घुसेपछि त्यसलाई रोक्नमात्र खोजेको बताए । उनले संवैधानिक परिषदको निर्णयलाई गुण्डागर्दीको संज्ञा दिए ।

उनले भने, ‘यो बेला दशथरी नारा लाउनु भन्दा जे नारा हो त्यसमै केन्द्रित गरौं भनेको हो । एमसीसीबारे पार्टील औपचारिक निर्णय गरिसकेको छैन । तर एकजनाले प्याच्च अर्को नारा हाल्देछन् । मलाई त को घुस्यो जस्तो लाग्यो तर ती मान्छे त हाम्रै साथी हुन् । जतापायो त्यतै नारा नलाउनुस भनेको हो ।

आफू एमसीसीको समर्थनमा पनि नगरेको र नीति पनि नबदलेको भन्दै हालै अमेरिकी रादूतसँगको भेटमा पनि यसलाई परिमार्जन गर्न सकिने वा नसकिने बारे छलफल गरेको बताए । आफूले एमसीसी अश्वीकार पनि नगरेको र समर्थन पनि नगरेको प्रचण्डले प्रष्ट पारे ।

याे पनि पढ्नुस्

एमसीसीविरुद्ध नारा नलाउन प्रचण्डको निर्देशन,कार्यकर्ताले नटेरेपछि यसरी बाहिरिए (भिडियो)


प्रतिक्रिया

One thought on “एमसीसीबारे प्रचण्डको प्रष्टीकरण- पार्टीले निर्णय गरेको छैन, दशथरी नारा नलगाउँ भनेको हो

  1. ए ए अब त घुस्पैठ !? मुख्यकुरा नाराले तिम्रो नौनारी किन गल्यो भन्ने हो !!
    अर्को कुरा, आफ्नु कमान्डमा भएको आन्दोलनमा घुस्पैठ भएछ भने के गर्नु पर्छ कमान्डरले, लुसुक्क भाग्ने, त्यही हो जिम्मेवारी !? कुनै दुर्घटना भएको भए त अरु पर्थे नि !! फेरी फेरी जाली कुरा !! तिमी भित्र भएको दुस्टता जब सम्म रही रहन्छ, तिमी आँफैबाट खेदियी रहन्छौ यसरी नै !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर