माधव नेपालको दावी- केपी ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागे – Nepal Press

माधव नेपालको दावी- केपी ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागे

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागेकाले अहिलेको विवादलाई नेकपाको आन्तरिक मामिलामात्र नसोच्न आग्रह गरेका छन् ।

आज विहान ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपालले केपी ओलीले आर्मीका गाडी गुडाएर कोही नतर्सिने बताए ।

पत्रकार सम्मेलनमा नेपालले भने, ‘केपीले पार्टी त कब्जा गरे गरे देश नै कब्जा गर्न लागे। यो नेकपाको मात्र आन्तरिक मामिला हैन। लोकतन्त्र र संविधानको रक्षाको लागि हामी जिल्ला जिल्लामा पुग्यौं । अब यो हाम्रोमात्र मामिला रहेन ।’

नेपालले चोइटिएर जानेको केही शक्ति छैन भन्दै जिल्लादेखि केन्द्रसम्म आफूहरुसँग बहुमत रहेको बताए । उनले ओलीलई गणेश प्रवृतिका मान्छेले बा भनेर पूजाआजा गरिरहेको बताए । नेपालले केपी ओलीसँग इतिहासले एक-एक हिसाबको बदला लिने बताए ।


प्रतिक्रिया

One thought on “माधव नेपालको दावी- केपी ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागे

  1. सहि कुरा आयो , ओलिमय बन्दै छ सिंगो देश

Leave a Reply to अनमोल अविनाश Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर