प्रशिक्षक फेरिएपछि सुधारियो चेल्सी, टोटनह्यामलाई हरायो – Nepal Press

प्रशिक्षक फेरिएपछि सुधारियो चेल्सी, टोटनह्यामलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आफ्नै मैदानमा चेल्सीसँग १–० गोलको पराजय ब्यहोरेपछि टोटनह्यामका प्रशिक्षक जोसे माउरिन्होले रेफ्री आन्द्रे मारिनरको आलोचना गरेका छन् ।

अर्कोतर्फ नयाँ प्रशिक्षक थोमस टचेलमातहत चेल्सीले अपराजित यात्रा तेस्रो खेलसम्म पु¥याएको छ । जितपछि चेल्सी अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

एरिक डायरले चेल्सीका टिमो वेर्नरलाई फल गरेपछि पाएको पेनाल्टीमा जर्जिन्होले २४ औं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाएका थिए । सुधारोन्मुख सोचका साथ चेल्सीको प्रदर्शन शानदा थियो । टोटनह्यामले घरेलु मैदानमा खेलको अन्त्यतिर पुनरागमनको प्रयास गरे पनि ढिला भइसकेको थियो ।

गएराति खेल सकिएपछि रेफ्री मरिनरको बारेमा माउरिन्होले भने, ‘म उनलाई प्रिमियर लिगकै सबैभन्दा उत्कृष्ट रेफ्रीमध्ये एक मान्छु । म उनलाई हेरिरहेको हुन्छु र उनको एक ठूलो प्रशंसक पनि हुँ,’ माउरिन्होले थपे, ‘तर आजको स्थितिमा मलाई उनको प्रदर्शन मन परेन । किनभने एउटा पेनाल्टीले खेलको नतिजा छिनोफानो भएको छ जबकि त्यो पेनाल्टी दिनुपर्ने फल नै थिएन ।’

क्लबका पूवै लिजेण्ड फ्र्यांक लाम्पार्डलाई प्रतिस्थापन गरी दुई साताअघि टिम संहालेयता २ जित र १ बराबरीको नतिजाले टचेल हौसिएका छन् । अझ चेल्सीले एक गोल पनि खाएको छैन । ‘पहिलो हाफ हामीले पूर्ण रुपमा नियन्त्रणमा लियौं,’ टचेलले भने, ‘सायद हामीले दोस्रो हाफमा आत्मविश्वास गुमाएका थियौं किनभने हामीले बलमा नियन्त्रण राख्न सकेका थिएनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर