मानवअधिकार आयोगले भन्यो-शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिक अधिकारको सम्मान गर – Nepal Press

मानवअधिकार आयोगले भन्यो-शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिक अधिकारको सम्मान गर

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न आग्रह गरेको छ।

विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल पक्षले बिहीबार आव्ह्वान गरेको आमहड्ताल तथा प्रदर्शनको अनुगमन गरको बारे विज्ञप्ति निकाल्दै अयोगले यस्तो भनेको हो ।

‘नागरिकहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट पक्राउ गरिनु, अधिक बल प्रयोग गरी घाइते बनाइनु तथा आमहड्ताल आव्ह्वानकर्ताहरुबाट आम नागरिकहरुलाई आवतजावत गर्नबाट वञ्चित गराउनु मानव अधिकारको मूल्य मान्यता विपरीतको कार्य भएकाले यसतर्फ संवेदनशील हुन सम्वद्ध सबै पक्षलाई आयोग आग्रह गर्दछ,’ आयोगले भनेको छ ।

आयोगले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि एवम् नेपालको संविधानले बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार तथा अभिव्यक्ति राख्न पाउने पाउने हकको सुनिश्चितता गरेको उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर