घाटबाट फर्केको गाडीमा आन्दोलनकारीले ढुंगा हान्दा किरियापुत्री घाइते – Nepal Press

घाटबाट फर्केको गाडीमा आन्दोलनकारीले ढुंगा हान्दा किरियापुत्री घाइते

चितवन । प्रचण्ड–माधव नेपाल पक्षले आह्वान गरेको आम हड्तालका क्रममा प्रदर्शनकारीले घाटबाट फर्केको एउटा गाडीमा ढुंगा हान्दा किरियापुत्री घाइते भएका छन् । देवघाटबाट मलामी सहित फर्केको गाडीलाई आँपटारीमा प्रदर्शनकारीले तोडफोड गरेका थिए ।

ढुंगा प्रहारबाट गाडीको सिसामा सामान्य क्षति भएको र एकजनालाई चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए । घाइते किरियापुत्री सन्तवहादुर विकलाई भरतपुर अस्पतालमा सामान्य उपचारपछि पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर