प्रचण्ड-माधव पक्षको मूल्यांकन : आम हड्ताल पूर्ण सफल – Nepal Press

प्रचण्ड-माधव पक्षको मूल्यांकन : आम हड्ताल पूर्ण सफल

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ।

केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरेका छन् ।

आन्दोलनलाई बदनाम बनाउने र जनतालाई उत्तेजित बनाउने कोसिस गरिए पनि आफूहरूको संयमताले त्यो असफल भएको विज्ञप्तिमा लेखिएको छ ।

आन्दोलनमा सहभागी नेताकार्यकर्ता र नागरिकलाई धन्यवादसमेत दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *