बीमा समिति अध्यक्ष सिलवालले लिए शपथग्रहण – Nepal Press

बीमा समिति अध्यक्ष सिलवालले लिए शपथग्रहण

काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्यप्रसाद सिलवालले सपथ लिएका छन् । बिहीबार  उनलाई अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले सपथ गराएका हुन् ।

कार्यक्रममा ढुंगानाले आगामी दिनमा बीमा पहुँच बढाउनुपर्ने बताए । उनले बीमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्दै राम्रो नियमको विकास गर्नुपर्ने चुनौती समेत रहेको जानकारी दिए ।

कोरोना बीमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नु तथा फन्डको व्यवस्थापन गर्ने चुनौती रहेको  उनको भनाइ छ । ।

बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफूले काम गर्ने बताए । नीतिगत कुराहरुलाई फास्टट्रयाकमा लैजान मन्त्रालयको सहयोगको अपेक्षा रहेको उनको भनाइ छ ।

बीमा क्षेत्रको वर्तमान समस्यालाई समाधान गर्दै नीतिगत र संरचनालाई समिक्षा गर्ने बताए । कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर