एमसीसीविरुद्ध नारा नलाउन प्रचण्डको निर्देशन,कार्यकर्ताले नटेरेपछि यसरी बाहिरिए (भिडियो) – Nepal Press

एमसीसीविरुद्ध नारा नलाउन प्रचण्डको निर्देशन,कार्यकर्ताले नटेरेपछि यसरी बाहिरिए (भिडियो)

काठमाडौं । आम हड्तालका क्रममा कार्यकर्ताले एमसीसी खारेज गर भन्ने नारा लगाएपछि विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन् ।

पुल्चोकमा नाराबाजीका क्रममा एमसीसी खारेज गर भनिएपछि प्रचण्डले सँगै रहेकी सो मोर्चाकी कमाण्डर पम्फा भुसाललाई ‘यो रोक्न लाउनुस’ भनेको भिडियोमा सुनिन्छ ।

एमसीसी खारेज गर भन्दा अरुले ‘खारेज गर खारेज गर’ भने पनि अध्यक्ष प्रचण्ड, विदेश विभाग उपप्रमुख विष्णु रिजाल लगायतका नेता भने अप्ठेरो मानेर उभिएका थिए । केन्द्रीय सदस्य हरि दाहालले सो नारा नलाउन भने पनि केहीबेरमा फेरि सोही नारा लाग्न थालेपछि प्रचण्ड घोसे मुन्टो लाउँदै प्रदर्शनस्थलबाट बाहिरएको भिडियोमा देख्न सकिन्छ ।

उनले कार्यकर्तालाई प्रतिगमनविरुद्ध नारा लगाउन भन्दै एमसीसीको नारा नलगाउन निर्देशन दिएका थिए ।


प्रतिक्रिया

One thought on “एमसीसीविरुद्ध नारा नलाउन प्रचण्डको निर्देशन,कार्यकर्ताले नटेरेपछि यसरी बाहिरिए (भिडियो)

  1. बाधेको कन्दनि खुस्जी सक्यो, धोती खुस्की सक्यो !! आन्दोलनको नारामा समेतिएको यो नारा माथि सुप्रिम, महामहिम कमान्दरको यो रवैया ::: कत्ती दर छ है , के गह्रो पर्‍यो त्यो नाराले, सक्छ कसैले सोध्न! “के हो यो ?” भनेर !? नक्कली र दुस्ट !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर