बन्दको विरोध गर्दै धनगढीमा ओली पक्षको प्रदर्शन, झडपको जोखिम टार्न सुरक्षाकर्मी परिचालन – Nepal Press

बन्दको विरोध गर्दै धनगढीमा ओली पक्षको प्रदर्शन, झडपको जोखिम टार्न सुरक्षाकर्मी परिचालन

कैलाली । विभाजित नेपाल कम्युनिष्‍ट पार्टीको माधव-प्रचण्ड पक्षले आह्वान गरेको बन्दको विरोधमा ओली पक्षका कार्यकर्ताहरूले धनगढीमा प्रर्दशन गरेका छन् ।

बन्द आह्वान गरेर जनतालाई सास्ती दिएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअघिबाट उनीहरू नाराबाजीसहित धनगढीको मुख्य चोकमा पुगेका थिए ।

उनीहरूले ‘बन्द गर्न पाइँदैन, जनतालाई दुख दिन पाइँदैन, दलाल मुख्यमन्त्री चाहिँदैन, केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

धनगढी मुख्य चोकमा बन्द गराउँदै हिँडेका माधव-प्रचण्ड पक्षका कार्यकर्तासँग ओली पक्षका कार्यकर्ताको भेट भएपछि दोहोरो नाराबाजी भएको थियो ।

झडपको जोखिम देखेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बिहीबार बिहान ओली पक्षका विद्यार्थी नेता कुमार बडेला सवार जीपको चाबी माधव-प्रचण्ड समूहले नियन्त्रणमा लिएपछि धनगढीमा दुई समूहबीच विवाद बढेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *