टेलिकमका गुनासा अब सुन्नु नपरोस् : मन्त्री गुरुङ – Nepal Press

टेलिकमका गुनासा अब सुन्नु नपरोस् : मन्त्री गुरुङ

काठमाडौं । संचारमन्त्री पार्वत गुरुङले नेपाल टेलिकम अब व्यवसायिक रुपमा अगाडि बढ्ने बताएका छन् । नेपाल टेलिकमको १७ औं वार्षिकोत्सव समारोहमा बुधबार  बोल्दै सो कुरा बताएका हुन् ।

टेलिकमका सेवामा समय–समयमा टावर नहुनेलगायतका विभिन्न समस्या आइरहने भएकाले त्यस्ता गुनासोको सामधान गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा मन्त्री गुरुङले नेपाल टेलिकमलाई निर्देशन दिंदै  भने ‘हामीले अर्को वार्षिकोत्सवमा कुनै गुनसो सुन्नु नपरोस । सधै समस्या मात्रै भनेर हुँदैन । समस्या के के हुन त्यो समाधान गर्नु पर्‍यो ।’

देशको दूरदराज र सहरमा पनि टावर भएन भनेर धेरै गुनसो आउने गरेको भन्दै मन्त्री गुरुङले  अब सबैतिर टावर निर्माण गरेर सबैलाई सेवा दिनुपर्ने बताए ।

मन्त्री गुरुङले भने ‘प्रतिस्पर्धी कम्पनीमध्ये उत्कृष्ट कम्पनीमा टेलिकमलाई लैजाने छौं ।’ ‘टेलिकममा सुधार गर्नु पर्ने कार्य गरेर अगाडि बढ्ने छौं । हामी सबैलाई टेलिकमको सेवा आवश्यक छ ।’ ‘नेपाल टेलिकम अब व्यवसायिक कम्पनीका रुपमा अगाडि बढ्छ  । ’

‘ग्रहलाई छिटो र सरल तरिकाले सेवा दिने  कुरामा टेलिकम चुक्नु हुँदैन’ उनले भने । अब टेलिकम ५ जी मा जानका लागि अगडि बढ्नु पर्ने समय आएको मन्त्री गुरुङको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर