‘गरिखान देऊ’ भन्दै इटहरीका साना व्यवसायीले खोले पसल – Nepal Press

‘गरिखान देऊ’ भन्दै इटहरीका साना व्यवसायीले खोले पसल

इटहरी । इटहरीमा साना व्यवसायीले हड्तालले आफ्नो रोजिरोटीमा समस्या पर्ने भन्दै बन्दको विरोध गरेका छन् ।

इटहरी चोकको आइतबारे लाइनमा युवाहरूले ‘गरिखान देऊ’ भन्दै आफ्नो पसल खुल्लै राखेका छन् । ती पसलमा ‘नेपाल खुल्लै छ’ लेखिएका कागज टाँसिएका थिए । आइतबारेको कफिलयमा भेटिएका इटहरी २० का युवा शुभेच्छु देवानले आन्दोलनकारीले बन्दको विकल्प खोज्नुपर्ने बताए ।

सडकमा जुत्ता सिउन बसेका इटहरी गैसारका फाकु हरिजले एकदिन व्यापार भएन भने साँझ के खाने भन्‍ने ? चिन्ता हुने गुनासो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर