इन्फ्रास्ट्रक्चर बैंकले ३५ करोड २२ लाख नाफा कमायो, अघिल्लो वर्षभन्दा १२.५४ प्रतिशत कम – Nepal Press

इन्फ्रास्ट्रक्चर बैंकले ३५ करोड २२ लाख नाफा कमायो, अघिल्लो वर्षभन्दा १२.५४ प्रतिशत कम

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २७ करोड ६० लाख रूपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७२ प्रतिशत घटेर ५६ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन मुनाफा १२.३२ प्रतिशत घटेर ५० करोड ३५ लाख रुपैयाँमा झरेको छ ।

१२ अर्ब चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड २५ लाखरुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको जगेडा कोषमा ४९।६६ प्रतिशत बढेको हो ।

पुस मसान्तसम्ममा बैंकले ३२ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर