द हन्ड्रेड क्रिकेटमा सन्दीपले ओभलबाटै खेल्ने – Nepal Press

द हन्ड्रेड क्रिकेटमा सन्दीपले ओभलबाटै खेल्ने

काठमाडौं । नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने द हन्ड्रेड क्रिकेट प्रतियोगितामा पुनः छनोट भएका छन् । इङ्गिस क्रिकेट बोर्डको आयोजनामा २०२० मै हुन लागेको यो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण पछाडि धकेलिएको थियो ।

गत वर्ष ओभल इन्भिन्सिबलले पनि सन्दीपलाई टोलीमा समावेश गरेको थियो । तर, कोरोना महामारीपछि अनिश्चित बनेको प्रतियोगिता पुनः हुने भएपछि उनी पुनः छनोट भएका हुन् ।

ओभलले पुनः छनोट गरेसँगै सन्दीपले सामाजिक सञ्जालमा ट्वीट गर्दै ओभलले पुनः छनोट गरेर सम्मानित गरेको प्रतिक्रिया दिएका छन् ।

‘ओभल इन्भिन्सिबलले छनोट गर्नु ठूलो सम्मान हो,’  उनले भनेका छन्, ‘नयाँ ढाँचाको क्रिकेट एरिनामा खेल्न अग्रसर छु ।’

सन्दीपलाई ओभलले एक लाख पाउन्डमा अनुबन्ध गरेको हो । तर, २० प्रतिशत कटौती भएर सन्दीपले ८० हजार पाउन्ड मात्रै पाउने बताइएको छ ।

ओभलले सन्दीपसँगै साम कुरान, जेसन रोय, सुनील नारिन र साम बिलिङ्ग्सलाई पनि टोलीमा भित्र्याएको छ भने टो मूडी मुख्य प्रशिक्षक बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर