आम हड्ताल सफल बनाउन प्रचण्ड–माधव पक्षका नेता कार्यकर्ता सडकमा – Nepal Press

आम हड्ताल सफल बनाउन प्रचण्ड–माधव पक्षका नेता कार्यकर्ता सडकमा

काठमाडौं । देशब्यापी आम हड्ताल घोषणा गरेको विभाजित नेकपाको प्रचण्ड–माधव पक्षका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् ।

बन्द सफल बनाउन आन्दोलन परिचालन कमिटीका संयोजक नारायणकाजी श्रेष्ठसहितका नेता कार्यकर्ता विभिन्न ठाउँबाट सडकमा निस्किएका हुन् ।

ठाउँमा आन्दोलनकारीका जुलुस निस्केर मुख्य चोकहरुमा पुगेका छन् । सवारी साधन र व्यवसाय बन्द गराउँदै हिडेका ८० जना भन्दा बढीलाई काठमाडौंबाट पक्राउ गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर