नेकपा सर्लाही इन्चार्ज डाचाराज वाग्लेको सडक दुर्घटनामा मृत्यु – Nepal Press

नेकपा सर्लाही इन्चार्ज डाचाराज वाग्लेको सडक दुर्घटनामा मृत्यु

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको सडक दुर्घटनामा निधन भएको छ ।

बुधबार राती उनको शव सर्लाहीको बरहथवा–नयाँसडक खण्डमा दुर्घटनाग्रस्त मोटरसाइकलसहित फेला परेको हो ।

वाग्ले नेकपाको प्रचण्ड–माधव समूहका नेता हुन् । यो समूहले आजका लागि आह्वान गरेको नेपालबन्दको पूर्वसन्ध्यामा बुधबार साँझ मसाल जुलुसको नेतृत्व गरी घर फर्कने क्रममा उनी सवास ज १० प ३२०६ नम्बरको मोटरसाइकल जंगल क्षेत्रमा दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

प्रहरीले उनी सवार मोटरसाइकललाई कसैले ठक्कर दिएको संकेत फेला नपरेकाले अधिक गतिका कारण अनियन्त्रित भएको हुनसक्ने अनुमान गरेको छ । नेकपा सर्लाहीले भने घटनालाई शंकास्पद भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर