नेकपा प्रचण्ड–माधवको आह्वानमा नेपाल बन्द– बिहानै ट्याक्सीमा आगजनी – Nepal Press

नेकपा प्रचण्ड–माधवको आह्वानमा नेपाल बन्द– बिहानै ट्याक्सीमा आगजनी

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालको बिहानै राजधानीमा एउटा ट्याक्सीमा आगजनी भएको छ । गोंगबुमा एउटा ट्याक्सीमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

कुम्भनारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बिहानै करिव ५ बजेतिर गोंगबुमा रोकिराखेको ट्याक्सीमा दुईजना अपरिचित व्यक्तिले आगजनी गरेर भागेको जानकारी दिए ।

लगत्तै पुगेकाे प्रहरीले दमकलकाे सहायतामा आगो निभाएको हो । एसएसपी सिंहका अनुसार उपत्यकाका बिभिन्न स्थानहरुमा बन्दकर्ताहरुले सवारी साधनमाथि तोडफोड गर्न थालेको गुनासो आएकाले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने विरुद्ध प्रहरी चुप लागेर नबस्ने बताएका छन् ।

नेकपाकै प्रचण्ड–माधव समूहले केपी ओली नेतृत्वको अर्को समूहले भोलि काठमाडौंमा गर्न लागेको बृहत आमसभा कार्यक्रमको पूर्वसन्ध्यामा देशव्यापी आमहड्ताल आह्वान गरेका हुन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि सत्तारुढ नेकपा दुई टुक्रा भएको छ र अहिले दुवै पक्षबीच आरोप प्रत्यारोप चलिरहन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर