आमहड्तालको दिन पनि ८ अंकले बढ्यो नेप्से – Nepal Press

आमहड्तालको दिन पनि ८ अंकले बढ्यो नेप्से

काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसूचक ८.३४ अंकले बढको छ । आज नेप्से परिसूचक २४७५.२७ विन्दुमा रोकिएको छ ।

आज भएको १ करोड ८७ लाख १९ हजार ४८९ कित्ताको किनबेचमा ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४०९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज भएको कारोबारमा सबैभन्दा धेरै शेयर मूल्य सूर्योदय लघुवित्तको १० प्रतिशतले बढेको छ । यसैगरी १५ ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

आज नेपाल पुर्नबीमा कम्पनीको सबैभन्दा धेरै शेयर कारोबार २७ लाख ५३ हजारको भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर